हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ : मन्त्री खड्का
२०८१ पुष २४ गते बुधवार
- बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन् ।
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।
बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन् ।
उनले भने , ‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौं ? जे नकारात्मक टिकाटिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।
’
यसैगरी उनले विद्युत क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताए । उनले अलमलिएका कुराहरुलाई निराकरण गरेर प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले काम गर्ने शिलशिलामा सञ्चार माध्यमहरुमा गलत समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण समेत भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’